एसईई : सर्लाहीका १२ हजार ३४ परीझार्थी सामेल हुँदै, सबै ठाउँमा पुग्यो उत्तरपुस्तिका

लालबन्दी : यस वर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सर्लाही जिल्लाबाट १२ हजार ३४ जना परीक्षार्थी सामेल हुने भएका छन्।

चैत ७ गतेबाट हुने एसईईका लागि जिल्लाका सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पनि पुगेको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाले जनाएको छ।

उक्त कार्यालयका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले एसईई सञ्चालका लागि जिल्लामा ३८ वटा परीक्षा केन्द्र तोकिएको जानकारी दिए। आजदेखि परीक्षाकेन्द्र नजिकका प्रहरी चौकीमा प्रश्नपत्र लगेर राखिने उनले जनाए ।

कुशवाहाका अनुसार जिल्लामा एसइई सञ्चालनका लागि केन्द्राध्यक्ष तोक्न भने बाँकी छ। संघबाट सम्बन्धित विद्यालयकै प्रधानाध्यापकलाई तथा प्रदेशबाट जिल्लाभरका माध्यमिक शिक्षकमध्येबाट गोलाप्रथाबाट केन्द्राध्यक्ष छनोट गर्ने भनी दुई प्रकारको निर्देशन आएकाले नयाँ सरुवा भएर आउन लागेका इकाइ प्रमुख उपसचिव मोतीप्रसाद भट्टराई हाजिर भएपछि मात्र केन्द्राध्यक्षबारे निर्णय हुने उनले जानकारी गराए ।

 

सम्बन्धित समाचार

सबै