सर्लाही क्याम्पसमा सुजित यादवको प्यानल भारी मतले विजयी

मलंगवा : सर्लाही क्याम्पस मलंगवामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सुजित यादव अध्यक्षमा विजयी भएका छन्।

सुजितले ६ सय २४ मत पाए भने अनेरास्ववियुका कृष्णकुमार यादवले ३ सय ९५ मत पाए।

सचिवमा नेपाल स्वतन्त्र विद्यार्थी युनियनका रौशन कुमार यादवले ६ सय मत ल्याएर विजयी भए भने उनका प्रत्यासी अनेरास्ववियुका चन्दन महतो ४ सय ६ मत पाए। 

यस्तै, कोषाध्यक्षमा नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी नितु कुमारी ५ सय ८० ल्याएर विजयी भईन्।

सम्बन्धित समाचार

सबै