मलंगवा । नेपाल विद्युत प्राधिकरण, मलंगवा वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई विद्युत आपूर्ति अवरुद्ध हुनेबारे जरुरी सूचना जारी गरेको छ।
नवलपुर–मलंगवा ३३ केभी लाइनको कन्डक्टर अपग्रेडिङ (पुरानो तार हटाई नयाँ तार जडान) सम्बन्धी कार्यका लागि पुस १४ गते सोमबारदेखि पुस १८ गते शुक्रबारसम्म दैनिक विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
वितरण केन्द्रका अनुसार, उक्त अवधिभर मलंगवा वितरण केन्द्र अन्तर्गत विद्युत आपूर्ति हुने सम्पूर्ण क्षेत्रहरूमा प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अनियमित हुनेछ। यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति मलंगवा वितरण केन्द्रले क्षमा याचना गरेको छ।
प्राधिकरणले तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा वा कुनै कारणवश कार्य स्थगित भएमा सोही अनुसार लाइन सूचना उपलब्ध गराइने पनि जानकारी गराएको छ।
सेवाग्राहीहरूलाई यस अवधिमा वैकल्पिक व्यवस्था मिलाउन र असहजताका लागि धैर्य धारण गर्न प्राधिकरणले अनुरोध गरेको छ।
