मलंगवामा माछामासु र मदिरा बिक्रीमा प्रतिबन्ध

मलंगवा । सर्लाहीको मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

विवाह पञ्चमीको अवसरमा नगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी तथा जीवजन्तुको वध, मदिरा तथा माछामासुको बिक्री–वितरण नगर्न नगरपालिकाले आग्रह गरेको हो।

नगरपालिकाको प्रशासन शाखाका प्रमुख रामपुकार यादवद्वारा जारी सूचनामा आज एक दिन मदिरा र माछामासु बिक्री नगर्न अनुरोध गरिएको जनाइएको छ।

यसैबिच, सदरमुकाम मलंगवाका स्थानीयले जनकपुरमा झैँ विवाहपञ्चमी पर्वको अवसरमा नगर परिक्रमा गराएर प्रतिकात्मक रूपमा राम–सीताको विवाह गर्ने तयारी मिलाएका छन्।

सम्बन्धित समाचार

सबै