बलम्बुको प्रहरी प्रभागमा आगजनी गरेको आरोपमा सर्लाहीका युवक पक्राउ

मलंगवा । प्रहरी प्रभाग बलम्बुमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई चन्द्रागिरी बस्ने १८ वर्षीय धर्मजित यादव छन् ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा यादव बलम्बुमा तोडफोडमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आन्दोलनमा प्रदर्शनकारीले बा.१ झ. ७४१८ नम्बरको गाडी जलाएका थिए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागी बलम्बु प्रभागले प्रहरी वृत्त थानकोटमा पठाएको छ ।

सो प्रभागमा तोडफोड गरेको आरोपमा यसअघि अर्का एक जना पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

सबै