एसईई सुरु, सर्लाहीबाट १२ हजार ३४ जना परीक्षार्थी सहभागी हुँदै

लालबन्दी : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सुरु भएको हो। यस वर्ष सर्लाही जिल्लाबाट १२ हजार ३४ जना परीक्षार्थी सामेल भएका छन्।

परीक्षा तालिकाअनुसार आज पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिँदैछन्।

आजदेखि सुरु भएको एसईई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।

विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए।

सम्बन्धित समाचार

सबै