एक घण्टा नबित्दै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट

लालबन्दी : सिरहामा एसईईको परीक्षा सञ्चालनको एक घण्टा नबित्दै प्रश्नपत्र आउट भएको छ।

अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको हो।

सिरहाको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन।

यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालय स्रोतले बतायो। आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।

यसभन्दा अगाडिको शीर्षक सच्याएको हो । -सम्पादक

सम्बन्धित समाचार

सबै