भक्तपुरमा युवकको हत्या आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

लालबन्दी : भक्तपुरमा कुटपिट गरी युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय लक्ष्मण खड्काको हत्या आरोपमा मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीन पाटन गाउँपालिका वडा-३ का २४ वर्षीय अनिश तामाङ रहेका छन्।

जिल्ला अदालत भक्तपुरबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद लिई उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी ढुण्डिराज न्यौपानेले बताए।

मृतक खड्कालाई उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भक्तपुर लगिएकामा थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो।

सम्बन्धित समाचार

सबै