सर्लाहीमा करेन्ट लागेर एक किसानको मृत्यु

बलरा : सर्लाहीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

उखु खेतमा विद्युतीय मोटर चलाएर पानी पटाउनेक्रममा करेन्ट लागेर बलरा नगरपालिका-४ का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्र पुर्‍याइएकोमा त्यहाँ चिकित्सकले मृतक घोषणा गरेका थिए।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै