सिन्धुलीमा जीपको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

सिन्धुली : सिन्धुलीमा जीपको ठक्करबाट कमलामाई नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ।

सरसफाईका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपको ठक्करबाट कमलामाई नगरपालिका–१२ का सरसफाई कर्मचारी ३५ वर्षीय शेरबहादुर खपांगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

साइकलमा सवार खपांगीलाई बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–६ को रातमाटा घुम्ती नजिक जीपले ठक्कर दिएको थियो।

ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै