ताज गेस्ट हाउसमा महिला मृत्यु प्रकरण: हरिवनमा एक पुरुष पक्राउ

मलंगवा : जिल्लाको सदरमुकाम मलंगवास्थित ताज गेस्ट हाउसमा झुन्डिएर आत्महत्या गरेकी भारतीय युवतीको मृत्यु प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा नम्बर १० निवासी ३९ वर्षीय मो सेराज रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो । प्रहरीले उनलाई बिहीबार आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरी अदातलतबाट सात दिनको म्यादसमेत लिएर अनुसन्धान गरेको जनाएको छ ।

सेराजले ती महिला मृत फेला परेको कोठा बुक गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । मलंगवा नगरपालिका वडा नम्बर ९ स्थित बाल मन्दिर चोकमा रहेको उक्त गेस्ट हाउसमा बुधबार २८ वर्षीया भारतीय महिला आरती कुमारीको शव फेला परेको थियो। दिउँसो करिब ३ बजे कोठामा रहेको सिलिङ फ्यानमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनास्थलमा फेला परेको भारतीय आधार कार्ड र निर्वाचन आयोगको परिचयपत्रको आधारमा उनी भारतीय पाइएको थियो। आरती दिल्ली राज्य, रोशनपुरा जिल्ला निवासी प्रविनकी २९ वर्षीया श्रीमती भएको खुलेको छ ।

सम्बन्धित समाचार

सबै