साढे १६ किलो गाँजासहित बागमतीबाट ७० वर्षीय वृद्ध पक्राउ

बागमती : घरबाट गाँजा बिक्री गरेको आरोपमा सर्लाहीको बागमतीबाट ७६ वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।

बुधबार दिउँसो २ बजे बागमती नगरपालिका १२ बथाने टोलबाट प्रहरीले मानबहादुर बललाई लुकाइछिपाइ राखिएको गाँजासहित पक्राउ गरेको जनाएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीसहित संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गरी साढे १६ किलो गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उक्त स्थान इलाका प्रहरी कार्यालय हरिवनबाट डेढ किलोमिटर दक्षिण पर्छ ।

सम्बन्धित समाचार

सबै