बाँके खोलाको ड्यामबाट ७ किलो गाँजासहित मोटरसाइकलमा सवार दुई जना पक्राउ

लालबन्दी : सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ बाँके खोलाको ड्यामबाट लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

हिजो बुधबार राति ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट कालिन्जोर र इलाका प्रहरी कार्यालय केशगन्जको टोलीले बाँके भित्री खोलाबाट दक्षिणतर्फ आउँदै गर्दा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढी सोनवर्षा थाना पञ्चायल इनरवाका शम्भु कुमार कुशवाह र २५ वर्षीय सञ्जय ठाकुर रहेका जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

ज. १२ प. ९०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्लास्टिकले बेरेर सात केजी २१० ग्राम गाँजा लैजाँदै गर्दा पक्राउ गरिएक प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय केशगन्ज लगिएको छ।

उक्त स्थान अस्थायी प्रहरी पोस्ट कालिन्जोर घारीबथान सर्लाहीबाट अन्दाजी दुई किलोमिटर उत्तर-पूर्वमा पर्छ ।

सम्बन्धित समाचार

सबै