ढल्केबर : नेपाल विद्युत् प्राधिकरणको धनुषास्थित चार सय केभी क्षमताको ढल्केबर सबस्टेसनमा आगलागी भएको छ।
ढल्केबर सबस्टेसन महाशाखा प्रमुख विनोद लोहनीले बाहिरको आगो सबस्टेसनभित्र सल्किएको र एक घण्टासम्म आगलागी भएको बताए।
अहिले भने नेपाली सेना, प्रहरीका दमकलले आगो नियन्त्रणमा लिइसकेका उनले जानकारी दिए। साथै उनले क्षतिबारे अध्ययन भइरहेको पनि बताए। केही केबलहरूमा क्षति पुगेको हुन सक्ने उनले बताए। आपूर्ति लाइनको परीक्षण गरेर सबस्टेसन सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
योसँगै बरहथहवा सबस्टेसन पनि बन्द गरिएको उनको भनाइ छ।