प्रेम सम्बन्ध बिग्रिएपछि युवतीलाई अश्लील भिडियो पठाएर धम्क्याउने सिरहाका युवक पक्राउ

सिरहा : सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले सिरहाको धनगढीमाई नगरपालिका-७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई पक्राउ गरेको हो ।

साफीले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत केटी साथीलाई अन्तरङ्ग तस्बिर र भिडियो पोस्ट गरिदिएको, पीडितका आफन्तलाई धम्क्याएको र दुख हैरानी दिएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साफीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको समेत प्रहरीले जनाएको छ । बुधवार पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले चार दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

सम्बन्धित समाचार

सबै