महोत्तरीमा सात वर्षीया बालिकाको सामूहिक बलात्कार

महोत्तरी : महोत्तरीमा सात वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।

यस अघि जलेश्वरमा तीन वर्षीया बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै यो अर्को घटना सार्वजनिक भएको हो।

घटना बलवा नगरपालिकाको हो। जहाँ दुईजना युवकले एक सात वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको बताइएको छ।

पीडित बालिकाको बुवाले दुईजना युवकहरुले छोरीलाई विहिबार राति अपहरण गरी बलात्कार गरेको जानकारी दिए।

उनले आफू राति कामबाट फर्केर घर पुग्दा छोरीलाई नदेखेपछि खोज तलास गर्न निस्किदा छोरी निर्वस्त्र अवस्थामा रुदै कराउँदै गरिरहेको भेटिएको र दुईजना युवकहरु भाग्दै गरेको भेटे पछि आफूले लठ्ठी प्रहार गर्दा एकजना घाइते भएको र अर्को फरार भएको बताए।

नाबालिग छोरीमाथि अत्याचार गर्ने उपर आफूले कुटपिट गर्दा उसको खुट्टामा चोट लागेको र स्थानीय प्रहरीले छाेरी माथि बलात्कार गर्ने उपर कारबाही प्रकृया अघि नबढाएर उल्टै आफूलाई दिनभर थुनेर राखेको आरोप लगाए।

‘पीडकको अभिभावकले प्रहरीलाई कुटपिट गरेको भनेर खबर गरेको र प्रहरीले छोरीमाथि ती युवकहरुले बलात्कार गरेको भन्दा पनि नसुनेर मलाई दिनभर थुनामा राख्यो’ उनले भने, ‘छोरी माथि तेत्रो घटना भयो र प्रहरीले पनि उल्टै म माथि नै अत्याचार गरे। हामीलाई न्याय चाहियो ।‘

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलाल प्रसाद जयसवारले जिल्लामा यस घटनाबारे जानकारी आए लगतै टोली खटाई बालिकाको स्वास्थ चेकजाँच गराउन लगाएकाे बताए । उनले पीडित बालिकालाई प्रादेशिक अस्पताल जलेश्वर ल्याएर स्वास्थ्य जाँच लगायतको प्रक्रिया अघि बढाएको बताए। अहिले बालिका प्रहरीको संरक्षणमा सुरक्षित रहेको र आवश्यक सबै कानूनी प्रक्रिया भईरहेको डीएसपी जयसवारले बताए।

डीएसपी जयसवारका अनुसार आरोपी मध्येको एकजना प्रहरीको निगरानीमा खुट्टाको उपचारमा रहेको र अर्को फरार रहेकोले उसको खोजी भइरहेको बताए । उनले आरोपीहरु दुवै जना नावालीग रहेको र घटना बारे थप अनुसन्धान अघि बढाइएको बताए। उनले पीडितलाई नै स्थानीय प्रहरी चौकीले दिनभरी थुनेर राखेको भन्ने बारे तत्काल यसको सूक्ष्म अनुसन्धान गर्ने र प्रहरी दोषी देखिए विभागीय कारबाही गरिने बताए।

उनले चोट लागेका व्यक्ति बलात्कार आरोपी भएकोबारे प्रहरीलाई थाहा नभएको हुन सक्ने भएकोले यी कुरा अनुसन्धानबाट खुल्ने बताए।

सम्बन्धित समाचार

सबै