
हरिपूर्वा : सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा शुक्रबार बिहान ट्रकले किचेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन् ।
श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना.५ ख. ३८५८ नम्बर ट्रक किच्दा साइकल चलाइरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर बस्ने रामदुलार महतोकी छोरी १७ वर्षीया अन्जलीकुमारी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
ट्रकले किचेर साइकलको पछाडि सवार अन्जलीकी बहिनी १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छिन्। उनको श्रीनगरस्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटना थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।