काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका चालकको मृत्यु

लालबन्दी : काठमाडौंमा शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-११, बबरमहलस्थित सडकमा प्र.२-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुँदा सर्लाहीका २७ वर्षीय मोटरसाइकल चालक जितेन्द्र चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार चलिरहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।

दुर्घटना बिहान करिब सवा ३ बजे भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै