जनकपुरधामः मधेश प्रदेश सरकारले वैशाख २ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ।
पूर्वी तराईका राजवंशी, ताजपुरिया र गनगाई समुदायको सबैभन्दा ठूलो पर्व सिरुवा पावनीका अवसरमा मधेस सरकारले बिदा दिने भएको हो
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
सिरुवा पावनी पूर्वी तराई, मधेसका झापा, मोरङलगायत जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया र गनगाईको सबैभन्दा ठूलो पर्व हो ।
यो पर्व १५ दिनसम्म लगातार मनाइन्छ । वर्षभरि अन्न राम्रो फलोस्, बाढी, रोग, पशुचौपायाले दुःख नदेओस् भन्ने कामना गर्दै सुनबर्सी महाराजको पूजा गर्ने गरिन्छ।