रामबहादुर बम्जनले उच्च अदालतबाट पाए सफाइ

लालबन्दी : लिटिल बुद्धको परिचय बनाएका रामबहादुर बम्जन यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन्। उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन्।

सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो।

सर्लाही जिल्ला अदालतले यसअघि बम्जनलाई दोषी ठहर गरेको थियो। तर, सो फैसला उच्चले उल्ट्याएको हो।

न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बम्जनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए। अदालतको फैसलासँगै रामबहादुर बम्जन सिन्धुपाल्चोक कारागारबाट मुक्त भएका छन्।

बम्जनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो।

त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।

सम्बन्धित समाचार

सबै