लालबन्दी : मकवानपुर जिल्लाकाे मकवानपुरगढी गाउँपालिका २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत मकवानपुरगढी-२ धरमपानीमा काठमाडौंबाट सर्लाहीतर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरकाे इलेक्ट्रिक भ्यान (इभी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउतको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घाइते हुनेहरूमा भ्यानका चालक सर्लाही बागमती नगरपालिका ५ बस्ने बर्ष २९ को कमल बहादुर दर्लामी, रौतहट दुर्गा भवानीपुर गाउँपालिका ५ बस्ने बर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथवा नगरपालिका ८ बस्ने बर्ष ५२ को शिवशंकर राय, सर्लाही बस्ने शिवशंकर रायको श्रीमती बर्ष ४५ की रिकिदेवी राय छन् । यसैगरी सर्लाही बरहथवा नगरपालिका ९ बस्ने बर्ष २७ को मनोज राय, सर्लाही हरिपुर नगरपालिका १ बस्ने बर्ष २७ को नवराज मगर, सोही ठाउँ बस्ने बर्ष १६ की प्रियंका मगर, बर्ष १५ को सृजन मगर, बर्ष ४० की जमुना मगर, बर्ष १९ को सुदिप रिसाल छन् ।
यस्तै, सर्लाही विष्णुपुर गाउँपालिका ३ मधुवनगोठ बस्ने बर्ष २७ को देवराज कुमार साह, बर्ष ४२ की किसुनव्रर्ती साह, सर्लाही बागमती नगरपालिका ७ बस्ने वर्ष १६ कि युनिका दर्लामी मगर, महोत्तरी गौशाला नगरपालिका ५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर रहेका छ्न्।
घाइतेहरुको हेटाैँडा स्थित सहकारी अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।