
बरहथवा : बारामा आज दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
निजगढ-कलैया सडक खण्डमा कार र टिपर एकापसमा ठोक्किएर दुई जनाको मृत्यु भएको हाे।
बाराकाे १३ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा सर्लाहीको बरहथवा बस्ने हरिनारायण शर्मा मृत्यु र कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। कार चालकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन।
पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१-०२५-ख ५०७६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २-०३-००१-ख ०६०७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।