
लालबन्दी : भारतको मध्य प्रदेशको राजगढ जिल्लामा बिहेसम्बन्धी एउटा धोखाधडीको अनौठो खबर बाहिरिएको छ ।
एक युवकलाई ११ लाख रुपैयाँमा कुमारी केटीसँग विवाह गर्न लोभ्याइएको थियो, तर विवाहपछि थाहा भयो कि दुलही पहिले नै तीन बच्चाकी आमा थिइन् ।
बेहुलालाई निद्राको औषधि खुवाएर बेहुलीको गहना र नगद लुट्ने योजना बनाएपछि ठगीको खुलासा भएको थियो । यस घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
लिमाचौहान प्रहरी चौकी क्षेत्रका २२ वर्षीय कमल सिंह सोन्धियाको विवाह सुस्नेरकी युवती राधासँग भएको थियो । यो विवाहको सम्झौता ११ लाख रुपैयाँमा तय भएको थियो ।
यसमध्ये ५ लाख ७५ हजार रुपैयाँ केटीका बुबालाई दिइएको थियो । बाँकी ५ लाख २५ हजार रुपैयाँ कालु सिंह नामक दलालले खाइदिएका थिए ।
अप्रिल १४ मा खिल्चीपुरको लिम्बोडा गाउँमा आयोजित सामूहिक विवाह समारोहमा राधाको सट्टा पहिले नै विवाहित महिला सलोनी दुलही बनेकी थिइन् र बेहुला कमलसँग लगनगाँठो कसेकी थिइन् । -एजेन्सी