जम्मु-कश्मिर हमला : नेपाली नागरिक सन्दिपको मृत्यु, रेणु घाइते

गोडैता : जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका नेपाली नागरिक सुदीप न्यौपाने रहेका छन् ।

उनी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको उल्लेख गरिएको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।

त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सञ्चारमाध्यमहरुले मृतकको नाम सार्वजनिक गरेको लिस्टमा न्यौपाने र घाइतेको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । घाइते पाण्डेको अवस्था स्थिर रहेको छ ।

पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २६ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ ।

त्यसभन्दा माथि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको ठेगानामा भने कलकत्ता लेखिएको छ । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

घाइतेको सूचीको ८ नम्बरमा विनु पाण्डेको नाम उल्लेख छ । उनलाई सामान्य घाइते उल्लेख गरिएको छ । नेपालको सरकारी निकायबाट भने यसबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

सम्बन्धित समाचार

सबै