
लालबन्दी : सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ परेका छ्न् ।
पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भु कुमार शाह रहेका छन् ।
आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगपालिका-६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।
शाह भारतीय नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर भारतबाट नेपालतर्फ आएका हुन् ।
उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।