
पर्सा : पर्सामा इँटाभट्टाले बनाएको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
पर्सागढी नगरपालिका–५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाडलमा जमेको पानीमा बालिकाहरू डुबेका हुन्।
सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातनुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुवै बालिका बिहान बाख्रा चराउन गएका थिए । डुबेर घाइते भएका उनीहलाई उपचारका लागि नारायणी अस्पताल लगिएको तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।