पहलगाममा भएको आक्रमणविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुर : भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणको विरुद्धमा मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुल्ला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा परेर एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो ।

हलगाममा भएको आक्रमण निन्दनीय छ, यसले विश्वका हिन्दुमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानका संरक्षक संजय यादवले आतंकवादीहरुले नाम र जात सोधेर हत्या गरेका छन्, हिन्दुलाई छानीछानी मारेको कारण धार्मिक हिंसा भड्काउन चाहेको बताए ।

भारतको यस दुखको घडीमा नेपाल साथ उभिएको छ, नेपाली जनताले पनि भारतको साथमा रहेको बताउदै उनले यसमा एक जना नेपालीको पनि ज्यान गएको भारतले उसको परिवारलाई सम्मान दिएको र अगामी दिनमा पनि सम्मान दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए ।

पहलगाममा भएको आक्रमण पाकिस्तानले गराएको भारतको दावी छ । तर भारतले त्यसलाई स्विकार गरेको छैन ।

सो आक्रमणलाई भारतले निकै गम्भीर रुपमा लिएको छ । पाकिस्तानसँग हरेक प्रकारको सम्बन्ध तोडेको छ भने पाकिस्तानले पनि भारतका धेरै कुरामा रोक लगाएको छ ।

सम्बन्धित समाचार

सबै