
मलंगवा : सामाजिक सञ्जालमा डा. बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ।
डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए ।
प्रहरीले सो पेस्तोल परिक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ । मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको थाहा भएको छ ।
सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ । पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए ।
सर्लाहीको भाडसरमा भएको घटनालाई डा. सिंहले भारतमा सितामढीमा भएको भनेर जिकिर गरेकी छन् । कोमल सुप्रियाको विवाह वैशाखमा सितामढीमा भएको थियो । डा. बबीलाई सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरिरहेको छ ।