बबी सिंह भन्छिन् : मैले पड्काएको पेस्तोल नक्कली हो

लालबन्दी : जनता समाजवादी पार्टी जसपा नेपालकी केन्द्रीय नेता बबी सिंह यादवको एउटा भिडियो भाइरल भएपछि उनी बचाउमा उत्रिएकी छन् ।

उनी पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यससँगै आफ्नो फेसबुकमा पोस्ट गर्दै उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु’, उनले आफ्नो पोस्टमा दाबी गरेकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘युट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भर्त्सना गर्दछु ।’

उनले वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने समेत उक्त पोस्टमा उल्लेख गरेकी छन् ।

सम्बन्धित समाचार

सबै