उदयपुरमा स्कारपियो दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु

लालबन्दी : उदयपुरको कटारी नगरपालिका–६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

चितवनबाट झापातर्फ जाँदै गरेको मे. १ च. ३०४० नम्बरको स्कारपियो बिहीबार आफैँ अनियन्त्रित भई सडक किनारमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कारपियोमा सवार झापाको दमक नगरपालिका–३ बस्ने ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । बस्नेत दमक नगरपालिकाका कानुन अधिकृत रहेको खुलेको छ ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

अन्य घाइतेहरुको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै