केआईआईटी विश्वविद्यालयमा सर्लाहीकी छात्रा मृत भेटिइन्

लालबन्दी : भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी प्रिसा साह छात्रावासमा मृत फेला परेकी छिन्।

विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले उक्त घटनाको पुष्टि गरेको हो।

प्रिसाको परिवार सर्लाहीको कविलासी-८ बाट पर्साको वीरगञ्ज-१५ मा अस्थायी बसोबास गर्दै आएका थिए । उनी स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् ।

विश्व विद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ।

यसअघि गत फागुन ४ गते केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

सम्बन्धित समाचार

सबै