लालबन्दी : सर्लाहीको बोडीमा अत्याधिक विषादी भेटिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार परीक्षण गरेको तरकारीमध्ये सर्लाही क्षेत्रमा उत्पादित बोडीमा विषादी भेटिएको हो ।
समितिले १८ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा सर्लाहीको बोडीका नमुनामा विषादी पाइएको हो । बोडीमा ९५.२७२ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
यसअघि पनि समितिले सर्लाहीबाटै गएका गोलभेडामा अत्यधिक विषादी भेटिएको बताएको थियो ।
