
गोडैता : सर्लाहीको गोडैता नगरपालिकास्थित गोडैता बजारमा दुई दिनदेखि विद्युत सेवा ठप्प छ। स्थानीयका अनुसार आइतवार साझ ५/६ बजेदेखि अवरुद्ध भएको विद्युत मंगलबार दिउँसो १२ सम्म पनि संचालन हुन सकेको छैन।
विद्युत प्राधिकरणका एक कर्मचारीका अनुसार बजारमा रहेको ट्रान्सर्फमरमा समस्या आएको र त्यो ट्रान्सर्फमर चेन्ज गर्नु पर्ने भएकाले विद्युत सेवा बन्द भएको हो। उनका अनुसार बजारमा केही घरमा कम भोल्टेजमा विद्युत भएपनि धेरैजसो घरमा विद्युत सेवा ठप्प छ।
‘नयाँ ट्रान्सर्फमर राख्नुपर्ने भएकाले हामीले नेपाल विद्युत प्राधिकरण मलङ्गवालाई हिजो नै नयाँ ट्रान्सर्फमर पठाउन भनेका छौँ,’ उनले भने, ‘अहिलेसम्म आउन सकेको न के कारणले हो बुझ्न सकिएको छैन।’
प्रायजसो अनियमित भइराख्ने यो क्षेत्रको विद्युत सेवा सुध्रन सकेको छैन। भोल्टेज कम र बढी आउने समस्याले सेवाग्राहीका विद्युतीय सामान बिग्रिनेदेखि बन्द हुनेसम्मका समस्या छन्। समस्या झेल्दै आइहेका स्थानीय अत्यन्तै आक्रोशित छन्।