सर्लाहीमा नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

बलरा : सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्ति सँग नक्कली नोट फेला परेको हो ।

छन्कीटोलास्थित प्रहरी चौकीबाट खटिएको टोलीले साँझ भारत तर्फबाट आइरहेको बिआर.३० एई ८३६३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा नक्कली नोटसहित भारतको बिहार राज्यको सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ निवासी ३४ वर्षीय विश्वनाथ साह पक्राउ परेका हुन्।

साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । साथै, नेपाली रुपैयाँ ४ हजार ५ सय ९० र भारतीय रुपैयाँ ६ हजार ३ सय ४५ पनि फेला परेको थियो ।

साहलाई नक्कली र मोटरसाइकलसहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै