खडानन्द-पद्मकुमारी शिक्षा पुरस्कारबाट उपन्यासकार घिमिरे पुरस्कृत

सिन्धुली । वरिष्ठ गीतकार तथा प्राध्यापक डा. कृष्णहरि बरालद्वारा स्थापित ‘खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार २०८२’ द्वारा उपन्यासकार केशव घिमिरे खडानन्द-पद्मकुमारी शिक्षा पुरस्कारबाट सम्मानित भएका छन् ।

श्री कमला माध्यमिक विद्यालय दुधौली-२ सिन्धुलीमा जेठ ४ गते आयोजित एक कार्यक्रममा घिमिरेलाई सम्मानित गरिएको हो ।

सानैदेखि साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका घिमिरे विभिन्न साहित्यिक सङ्घ संस्थामा आबद्ध रहेका छन् ।

उनीद्वारा लिखित ‘रुपिका’ उपन्यासमाथि प्रगतिशील लेखक संघ बनेपा तथा महोहरा साहित्य समाज काठमाडौँमा परिचर्चा सम्पन्न गरिएका छन् भने नगार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आगामी जेठको तेश्रो हप्ता सञ्चालन गरिने नियमित कार्यक्रममा उनको उपन्यास ‘रुपिका’ परिचर्चाको कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले जनाएका छन् ।

सोही क्रममा उपन्यासकार केशव घिमिरेलाई ‘उदीयमान प्रतिभा सम्मान २०८२’ द्वारा सम्मान गर्ने समेत जनाइको छ ।

घिमिरे यसअघि ‘नवसर्जक साहित्य चौतारी नेपाल’ हेटौंडाद्वारा आयोजित ‘प्रादेशिक पुरस्कार २०८१’ बाटसमेत सम्मानित भइसकेका छन् ।

एक दशकदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका घिमिरेद्वारा २०७९ मा लेखिएको ‘रुपिका’ उपन्यासले नेपाली साहित्यिक क्षेत्रमा छुट्टै तरङ्ग पैदा गरेको छ ।

सम्बन्धित समाचार

सबै