लालबन्दी आउँदै गरेको विंगर भीमफेदीमा दुर्घटना, १४ जना घाइते

लालबन्दी : भीमफेदीमा सवारी दुर्घटना १४ जना घाइते
मकवानपुरको भीमफेदीमा सवारी दुघृटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो १ बजेको समयमा भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा यात्रुवहाक विङ्गर गाडी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लांगबाट सर्लाहीको लालबन्दी आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो । ब्रक फेल भइ सडकबाट तल खस्दा दुर्घटनाग्रस्त गाडी सल्लाको रुखमा अड्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीका चालक सहित १४ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

घाइतेहरुको उद्दार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

सबै