धनुषामा निर्माणाधीन सडकको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

धनुषा : धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिशको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा आज दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको हो।

घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै