ढल्केवर : धनुषामा दुई साँढेबीचको लडाइमा परेर एक जनाको मृत्यु भएको छ ।
सडकमा दुई साढेबीचको लडाईंमा परेर स्कुटी दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
आइतबार राति साढे ८ बजे जनकपुर ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ जाने बाटो दुई वटा साँढे आपसमा जुधिरहेका थिए । सोही समयमा राईनको मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटीमा साँढे ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।
तत्कालै जानकी हेल्थ केयर जनकपुरमा उपचारको लागि पुर्याउँदा ८ः४० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।