बलरा : सर्लाहीबाट साढे १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएको छ।
बलरा नगरपालिका-२ छतौना इलाकाबाट सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १५ लाख ५० हजार बराबरको भेप र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको हो।
सशस्त्र प्रहरी बललाई देखेर मोटरसाइकल चालक फरार भएका छ्न् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
कहाँबाट कसरी भित्रियो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नं. २ छिन्नमास्ता वाहिनी मुख्यालयले जनाएको छ।