लालबन्दी । सरकारले आगामी वर्ष पूर्व–पश्चिम राजमार्गलाई आधार मानी स्ट्यान्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गर्ने भएको छ ।
बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निर्माणाधीन बर्दिबास–निजगढ खण्डको रेलमार्गलाई पूर्व–पश्चिम विद्युतीय रेलमार्गको मापदण्डअनुरूप बनाइने बताए ।
पूर्वपश्चिम रेलमार्ग निर्माण गर्ने प्रयोजनका लागि अधिग्रहण गर्न रोक्का राखिएको काकडभिट्टा–इटहरी खण्डको जग्गा फुकुवासमेत गर्ने उनले बताए ।