बरहथवा : सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ।
बरहथवा नगरपालिका-१७ कटानीमा गएराति करिब पौने तीन बजे बागमती नहरको पुलबाट ना.४६ प २८२० नम्बरको मोटरसाइकल खस्दा चालक मलंगवा नगरपालिका-४ का ३५ वर्षीय घनश्याम राय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
आज बिहान पौने तीन बजेतिर कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा राय सवार मोटरसाइकल आफैँ अनियन्त्रित घुमाउरो सडकबाट पुलमा ठोकिँदै तीन मिटरजति तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि एलएस न्यूरो अस्पताल बारा लगिएको थियो। त्यहाँ पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।