फुलजोरमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

लालबन्दी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको  फूलजोरमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा मंगलबार दिउँसो करीब १:१५ बजे सवारी दुर्घटना भएको हो ।

लालबन्दीबाट बर्दिबासतर्फ जाँदै गरेको ना. १ क. ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तरतर्फ हाईवे क्रस गर्दै गरेको भारतीय बिआर ०१ अफजे ६९६१  नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक अन्दाजी २५–३० वर्ष उमेरका मिन बहादुर दानी गम्भीर घाइते भएका छन्। उनी सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत रहेको परिचयपत्र फेला परेको छ। टाउको र शरीरमा गम्भीर चोट लागेको पीडितलाई उपचारका लागि तत्काल लालबन्दीस्थित मोडल अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छन्। टिफर चालक सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्ज निवासी अन्दाजी ३६ वर्षीय नारायण दत्त श्रेष्ठ (सुशील) रहेका छन्।

दुर्घटनापछि प्रहरी चौकी फुलजोरको टोली घटनास्थलमा खटिएको थियो। हाल सडक सुचारु अवस्थामा रहेको छ।

दुर्घटनास्थल फुलजोर चौकीबाट झण्डै १०० मिटर पश्चिमतर्फ पर्छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै