बर्दिबास : सर्पले डस्दा डिभिजन वन कार्यालय महोत्तरीका एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–१० लक्ष्मिनिया ९बटौवा० निवासी १७ वर्षीय छोरा रुपेश महतो रहेका छन् ।
डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गएराति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो । उनलाई तत्काल बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्याइएको थियो । तर उपचारका क्रममा आज बिहान ५ः१५ बजे उनको मृत्यु भएको हो ।
मृतक महतो डिभिजन वन कार्यालयअन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
करिब एक वर्षदेखि रुपेश सोही कार्यालयमा भान्सेका रूपमा कार्यरत थिए ।