‘झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार : लालबन्दीका पूर्वमेयर र पूर्वमन्त्रीविरुद्ध सर्वोच्चमा पुनरावेदन

लालबन्दी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको सर्प विष संकलन तथा उत्पादन केन्द्र स्थापनासम्बन्धी परियोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई संघीय र प्रदेश सरकारको लागत सहभागितामा सञ्चालन हुने भनिएको उक्त परियोजनामा सरकारी रकम गैरकानुनी रूपमा निजी संस्थालाई उपलब्ध गराइएको आरोपमा मधेश सरकारका पूर्वमन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासहित प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

उक्त परियोजनाअन्तर्गत ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल’ नामक गैरसरकारी संस्था र कम्पनीलाई लागत साझेदारी नभएको अवस्थामा पनि प्रदेश सरकारले भौतिक संरचना निर्माणका लागि सरकारी रकम उपलब्ध गराएको थियो ।

आयोगले यो कार्य प्रचलित कानुनको उल्लंघन भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा चलाएको हो ।

विशेष अदालतले २०८१ साल असार २५ गते आंशिक सफाइको फैसला सुनाएकोमा आयोगले उक्त फैसलाप्रति असहमति जनाउँदै २०८२ साल जेठ २१ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

सम्बन्धित समाचार

सबै