महोत्तरीबाट निर्वाचित मधेश प्रदेश सांसद पक्राउ

लालबन्दी : जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसवेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थसमेत पक्राउ परेका थिए ।

घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन् ।

सम्बन्धित समाचार

सबै