रौतहट : रौतहटको वृन्दावन नगर क्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टर अगाडिको भाग उठ्दा च्यापिएर चालकको मृत्यु भएको छ ।
वृन्दावन ७ बस्ने ट्रयाक्टर चालक २४ वर्षीय नजामोदिन मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
वृन्दावन ७ हुसेनीचोक र आकरपाथर बिच भित्री सडक खण्डमा ना ४ त २०६८ नम्बरको गिट्टी लोड भएको ट्याक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठी स्टेरिङमा चालक मन्सुरी च्यापिएर अचेत अवस्थामा फेला परेका थिए।
प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाइएकोमा चिकित्सकले गत राति मृत घोषणा गरेका थिए।
दुर्घटनामा परेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।