लालबन्दी : सर्लाही घर भई केही समयदेखि युरोपेली देशमा रहेका एक युवकको मृत्यु भएको छ । यसबारे सोमबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी हुन् ।
उनका अनुसार क्रोयसियामा मृत्यु भएका नेपाली रवी महतो सुँडी हुन् । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका रहेको बुझिएको छ । यद्यपि पुस्टि हुन भने बाँकी छ । उनको के कति कारणले मृत्यु भएको भन्ने खुलेको छैन ।
उनको शव नेपाल ल्याउने विषयमा पहल भइरहेको पनि मन्त्री राणाले संसद्मा जानकारी दिइन् । राणाले रवीको शव नेपाल ल्याउन रकम अपुग भएकाले ढिलाइ भएको बताइन्।
उनले अपुग रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले शव यथाशीघ्र ल्याउन दूतावासले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।