लालबन्दी : जनकपुरका चर्चित कलाकार अभिनाश झा ‘कलकतियाबाली’की श्रीमती अंशा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । विवाह भएको मात्र ६ महिना नपुग्दै उनी सोमबार राति झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, नोचापुरस्थित घरमा अंशा सदा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनापछि प्रहरीको टोलीले घटनास्थल पुगेर सुटिङ सेट नजिकै रहेको कोठाबाट शव उद्धार गरेको थियो । अनुसन्धानका क्रममा सेटमा रहेका सबै इलेक्ट्रोनिक डिभाइसहरू नियन्त्रणमा लिइएको बतायउको छ ।
पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे स्पष्ट भन्न नसकिने भए पनि प्रहरी स्रोतले घटनालाई ‘शंकास्पद’ मान्दै सूक्ष्म अनुसन्धान अघि बढाएको छ।
कलाकार अभिनास झा र अँसा सदा केही महिना अघि मात्र अन्तरजातीय विवाह बन्धनमा बाँधिएका थिए।