वीरगन्ज : पर्साबाट प्रहरीले ३१९ किलो लागु औषध चरेस बरामद गरेको छ ।
पर्साको परवानीपुरबाट गएराती करिब ३१९ किलो चरेस बरामद गरिएको प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बरामद चरेस भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी बुद्धिबहादुर स्याङ्तानलाई समेत पक्राउ गरेको छ ।
उनको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी भनाइ छ ।
यद्धपी, अहिले २ बजे भने प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।