काठमाडौँबाट पेस्तोलसहित महोत्तरीका दुई युवक पक्राउ

महोत्तरी : काठमाडौँको गौशालाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी घर भएका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन् ।

आरोपीहरूको साथबाट एकथान पेस्तोल, दुई थान म्यागजिन र एकथान वाकिटकी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनीहरू दाजुभाइ हुन् । उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै